There has been a notice regarding Nepal Telecom Job Vacancy 2082 for various posts in technical, engineering, administration, account. This NTC Job Vacancy 2082 will be fulfilled through written and interview examinations conducted by LokSewa. To apply for this Nepal Telecom Job Vacancy, you can apply online through ntc.net.np or recruit.ntc.net.np and fill out all the required documents, pay necessary fess online and submit the form.
Read Nepal Telecom NTC Syllabus for various positions and posts in details.
Some major points regarding Nepal Telecom Job Vacancy 2082 are given below:
NTC Job Vacancy Advertisement date: 2082-10-16
NTC Job Vacancy Last date: 2082-11-07
NTC Job Vacancy double fee date: 2082-11-14
The details about vacant posts and number of positions for NTC Job Vacancy 2082 is shown below.
Download NTC Old Question Paper.
| क्र.सं. | बिज्ञापन नं | पद | सेवा/समूह | तह | संख्या |
|---|---|---|---|---|---|
| १. | ४९/२०८२-८३ | उप-प्रबन्धक (टेलिकम) | प्राबिधिक – टेलिकम | ९ | २ |
| २. | ५०/२०८२-८३ | उप-प्रबन्धक (प्रशासन) | प्रशासन – प्रशासन | ९ | १ |
| ३ | ५१/२०८२-८३ | बरिष्ठ इन्जिनियर (टेलिकम) | प्राबिधिक – टेलिकम | ८ | २ |
| ४ | ५२/२०८२-८३ | बरिष्ठ प्रशासकिय अधिकृत | प्रशासन – प्रशासन | ८ | १ |
| ५ | ५३/२०८२-८३ | बरिष्ठ लेखा अधिकृत (चा ए) | प्रशासन – लेखा | ८ | ३ |
| ६ | ५४/२०८२-८३ | टेलिकम इन्जिनियर (कम्प्युटर) | प्राबिधिक – टेलिकम | ७ | ५ |
| ७ | ५५/२०८२-८३ | टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) | प्राबिधिक – टेलिकम | ७ | १ |
| ८ | ५६/२०८२-८३ | इन्जिनियर (सिभिल) | प्राबिधिक – सिभिल | ७ | १ |
| ९ | ५७/२०८२-८३ | सहायक प्रशासकिय अधिकृत | प्रशासन – प्रशासन | ६ | ६ |
| १० | ५८/२०८२-८३ | सहायक लेखा अधिकृत | प्रशासन – लेखा | ६ | ३ |
| ११ | ५९/२०८२-८३ | ओभरसियर | प्राबिधिक – प्राबिधिक (नि तथा म) | ५ | २ |
| १२ | ६०/२०८२-८३ | सहायक | प्रशासन – प्रशासन | ४ | २३ |
| १३ | ६१/२०८२-८३ | टेलिकम टेक्निसियन | प्राबिधिक – प्राबिधिक | ४ | १२ |
| १४ | ६२/२०८२-८३ | जुनियर टेक्निसियन | प्राबिधिक – प्राबिधिक | ३ | १८ |
The details of this Nepal Telecom Job Vacancy 2082 can be found here.

(आवश्यक न्यूनतम योग्यता) What is the Minimum Qualification Required for Nepal Telecom Job Vacancy?
१. तह-९, उप-प्रवन्धक (टेलिकम) र तह-८, वरिष्ठ इन्जिनियर (टेलिकम) पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट यस कम्पनीको सम्बन्धित सेवा, समूहको अधिकृतस्तरको पदमा शुरु सेवा प्रवेशको लागि तोकिएको “टेलिकम्युनिकेशन्स एण्ड कम्युनिकेशन वा रेडियो वा इलेक्ट्रिकल एण्ड कम्युनिकेशन्स वा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स वा Information Technology, Computer Software वा Computer Hardware इन्जिनियरिङ्ग वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग (कम्युनिकेशन, इलेक्ट्रोनिक्स, कम्प्युटर, रेडियो मध्ये कुनै एक विषय) वा Computer Science, Information Communication वा इलेक्ट्रिकल इन्जिनियरिङ्ग वा रेफ्रिजरेशन एण्ड एयर कण्डिसन वा मेकानिकल इन्जिनियरिङ्ग वा सो सरहको कुनै एक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको तथा नेपाल सरकारको निजामती सेवा सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनु पर्नेछ । तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ ।
२. तह-९, उप-प्रवन्धक (प्रशासन) र तह-८, वरिष्ठ प्रशासकीय अधिकृत पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट यस कम्पनीको सम्बन्धित सेवा,समूहको अधिकृतस्तरको पदमा शुरु सेवा प्रवेशको लागि तोकिएको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा/सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनु पर्नेछ । तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ ।
३. तह-८, वरिष्ठ लेखा अधिकृत (चा.ए.) पदको लागि: मान्यता प्राप्त संस्था (इन्स्टिच्युट)बाट चार्टर्ड एकाउण्टेन्सी वा सर्टिफाइड पब्लिक एकाउण्टेन्सी परीक्षा उत्तीर्ण गरी प्रचलित नेपाल कानुन बमोजिम नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थामा दर्ता भएको ।
४. तह-८, वरिष्ठ लेखा अधिकृत पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्य शास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर गह उत्तीर्ण गरेको र नेपाल सरकारको निजामती सेवा सरकारी सेवा वा विश्वविद्यालय वा शिक्षक सेवा वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पांच वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ । तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ ।
५. तह-७, टेलिकम इञ्जिनियर (कम्प्युटर) पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer Science, Information Technology, Information Communication,Computer Software, Computer Hardware वा कम्प्युटर इन्जिनियरिङ्ग वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको ।
६. तह-७, टेलिकम इञ्जिनियर (इलेक्ट्रिकल ) पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल वा इलेक्ट्रिकल एण्ड कम्युनिकेशन्स वा इलेक्ट्रिकल इन्जिनियरिङ्ग वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको ।
७. तह-७, इञ्जिनियर (सिभिल) पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको ।
८. तह-६, सहायक लेखा अधिकृत पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।
९. तह-६, सहायक प्रशासकीय अधिकृत पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट जुनसुकै बिषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
१०. तह-५, ओभरसियर पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा आर्किटेक्ट वा सर्भे इन्जनियरिङ्गमा प्रमाणपत्र तह वा डिप्लोमा इन्जनियरिङ्ग वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।
११. तह-४, सहायक पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई.मा कम्तिमा जि.पि.ए.दुई प्राप्त वा एस.एल.सी.वा सो सरह उत्तीर्ण गरी लोक सेवा आयोगबाट सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त भएको ।
१२. तह-४, टेलिकम टेक्निसियन पदको लागि:मान्यता प्राप्तशिक्षण संस्थाबाट एस.एल.सी.वा सो सरह उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर,स्विचिङ्ग वा टेलिकम टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सिप परीक्षण केन्द्रबाट ट्रान्समिशन,आउटसाइड, पावर, स्विचिङ्ग बिषयमा तह २ को सीप परीक्षण उत्तिर्ण भएको ।
१३. तह-३, जुनियर टेक्निसियन पदको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ्ग वा जुनियर टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सिप परीक्षण केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ्ग बिषयमा तह १ को सीप परीक्षण उत्तीर्ण भएको ।
(उमेरको हद) What is the Age Limit for Nepal Telecom Job Vacancy?
दरखास्त दिने अन्तिम मिति सम्ममा सहायक स्तरको पदको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, तह ६ देखि तह ७ सम्मको अधिकृत स्तरको पदको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र तह ९ को अधिकृतस्तरको पदको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । साथै सबै पदका लागि महिला र अपांगता भएका उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्ने छ । उक्त प्रयोजनको लागि उमेरको गणना गर्दा दरखास्त बुझाउने अन्तिम मिति (सूचना प्रकाशित मितिले २१ दिनको म्याद) लाई आधार मानिनेछ । दोब्बर दस्तुर बुझाई दरखास्त दिन पाउने अबधिलाई गणना गरिने छैन । नेपाल दूरसञ्चार कम्पनीको बहालवाला स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने छैन ।
(परीक्षाको किसिम) What is the Examination Format for Nepal Telecom Job Vacancy?
लिखित, अन्तर्वार्ता (प्राबिधिक सेवा तर्फ तह-४, टेलिकम टेक्निसियन र तह- ३, जुनियर टेक्निसियन को लागि प्रयोगात्मक परिक्षा समेत हुनेछ) ।
(परीक्षा दस्तुर बुझाउने प्रक्रिया) How to Pay Fee for Nepal Telecom Job Vacancy?
Online दरखास्त फाराम Submit गरे पश्चात Online Portal मा रहेको PaymentOption मा गई
कम्पनीले तोकेका अनलाइन भुक्तानी सेवा प्रदायकहरू मध्ये कुनै एक छनौट गरी भुक्तानी गर्न सकिनेछ । अनलाइन भुक्तानी सेवा प्रदायकहरूको विवरण कम्पनीको वेवसाइटमा प्रकाशित गरिएको छ ।


























